नेवा : देयः दबूको विधान अधिवेशन (फोटो फिचर)

नेपालगञ्ज – नेपालगञ्जमा नेवाः देयः दबूको विधान अधिवेशन शुरु भएको छ ।
नेवारी भाषा, कला, संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्ने प्रमुख उद्देश्यले स्थापित नेवारहरुको साझा छाता संगठन नेवाः देयः दबूको विधान अधिवेशनमा देशभरबाट दुई सय ५० बढी प्रतिनिधि उपस्थित भएका छन् ।


विधान अधिवेशनको उद्घाटन अघि नेपालगञ्ज शहरमा झाँकी, लाखे नाँच, बाजागाजासहित बजार परिक्रमा गरिएको थियो । न्यूरोडबाट शुरु भएको शोभा यात्रा वीरेन्द्रचोक, घरबारीटोल, त्रिवेणीमोड, त्रिभुवनचोक हुँदै डीएसपीरोडस्थित कार्यक्रमस्थलमा पुगेको थियो ।


नेवाः देयः दबूको बाँकेको अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले विधान अधिवेशनमा उद्घाटन र बन्दसत्र हुने जानकारी दिनुभयो । अधिवेशनमा मल्ल के सुन्दर, तीर्थमान डंगोल, नरेशकुमार ताम्राकारलगायतको उपस्थिति रहेको छ ।


विधान अधिवेशन भब्यतापूर्वक सम्पन्न गर्न नेपालगञ्जमा विभिन्न समितिहरु बनाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !