चिसोबाट सर्वसाधारणलाई बचाउन ध्यानाकर्षण

नेपालगञ्ज – चिसो शुरु भएकाले त्यसबाट सर्वसाधारणलाई बचाउनका लागि पूर्व तयारी गर्न बाँके र बर्दियाका प्रशासनको ध्यानाकर्षण गराइएको छ ।
बाँकेका नागरिक समाजका अगुवाहरुको एक समूहले बुधबार बाँकेका प्रमुख जिल्ला अधिकारलाई चिसोको व्यवस्थापन तथा पूर्व तयारीका बारेमा ध्यानाकर्षण गराएको हो ।
बाँकेमा चिसो बढेपछि शीतलहर र कुहिरोका कारण जेष्ठ नागरिक, असहाय, बालवालिका, दिर्घरोगी, मजदुर, अति विपन्न परिवारका नागरिकहरुको स्वास्थ्यमा प्रतिकुल असर परि विरामी भई जनजिवन कष्टकर हुने गर्दछ । सो कुरालाई मध्यनजर गर्दै ५ बँुदे ध्यानाकर्षण गराइएको छ ।
शीतलहरका कारण मानव जीवनमा पर्न सक्ने असर र सो बाट बच्ने उपायकाबारे प्रत्येक गाउँ, टोलमा जनचेतना फैलाउने कार्य तत्काल गर्न गराउन, चिसो तथा शीतलहरका कारण नागरिको जीवन रक्षार्थ प्रत्येक टोलटोलमा दाउराको व्यवस्था गर्न, जेष्ठ नागरिक, असहाय, बालवालिका, दीर्घरोगी, अतिविपन्न परिवारका नागरिकहरुलाई जाडो तथा शीतलहरबाट सुरक्षित राख्नका लागि न्यानो कपडा तथा उचित राहतको व्यवस्थापन गर्न, शीतलहरका कारण हुन सक्ने विरामीलाई औषधी उपचारको यथोचित समयमा व्यवस्थापन तथा पूर्व तयारीको राम्रो ब्यवस्थापन गर्न र विपत जोखिम न्युनीकरण तथा ब्यवस्थापन ऐन २०७४ अनुसारको मानवीय काम कारवाहीलाई अघि बढाउन माग गरिएको छ ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समूहले ध्यानाकर्षण गराएको छ । यसैबीच बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई बर्दिया नागरिक समाजका अगुवाहरुको एक समूहले ज्ञापनपत्र बुझाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !