दुई जना डिस्चार्ज, दुई जना थपिए

नेपालगञ्ज – बाँकेमा दुई जना कोरोना संक्रमित निको भएका छन् । एक महिला र एक पुरुषले कोरोनालाई जितेका हुन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, जिल्लामा दुई जना संक्रमित निको हुँदा दुई जना नै थपिएका छन् । थपिएका दुई जनामा एक जना बाँके र एक जना बर्दिया जिल्लाका रहेका छन् ।
भेरी अस्पतालमा १८ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको हो । कोहलपुर मेडिकल कलेजमा २२ र बागेश्वरी ल्याबमा आठ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएको छैन ।
बाँकेमा सक्रिय संक्रमितको संख्या १८ जना रहेको छ । त्यसमा ५ जना मध्यम खालका विरामी छन् । अरु सामान्य रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !