भारोत्तोलन खेलाडीको हौसला बढाउदै सन्जु
नेपालगञ्ज – बाँके र बर्दियामा यतिबेला भारोत्तोलनको प्रशिक्षक छैनन् । यो जिल्ला भारोत्तोलन खेलको ‘हब’ पनि हो ।
भारोत्तोलन खेलप्रति उमेर समूहको बालबालिकाको उत्साह र रुची रहेको छ । तर, नियमित प्रशिक्षण र प्रोत्साहन नहुँदा खेलाडी उत्पादन र भारोत्तोलन खेलप्रति आकर्षित हुन सकेका छैनन् ।
सन्जु चौधरी भारोत्तोलनको स्वर्ण पदकधारी हुन् । बाँकेबाट उदाएकी चौधरीले सागमा स्वर्ण जितिसकेकी छन् । पछिल्लो समयमा चौधरीले युवायुवतीलाई भारोत्तोलनप्रति आकर्षित गराउने अभियान थालेकी छन् ।
बर्दियाको बारबर्दियामा पुगेर चौधरीले १० केटा र ६ केटीलाई पोशाकसहित केही सामान वितरण गरेकी छन् । ‘प्रि कम्पीटिसन’ गराएकी छन् । चौधरीले पुस २७, २८ र २९ गते काठमाडौंमा हुने राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी गराउन पहल गरेकी छन् । नियमित प्रशिक्षण दिने हो भने बारबर्दियाबाट दुई-चार जना राम्रो खेलाडी उत्पादन हुने चौधरीको विश्वास रहेको छ ।