१८ वर्षमाथिका ६१ प्रतिशतले पहिलो मात्रा खोप लगाए

नेपालगञ्ज – बाँकेमा १८ वर्षमाथिका ६१ प्रतिशतलाई कोरोनाको पहिलो खोप लगाइएको छ ।
स्वास्थ्य अधिकृत नरेश श्रेष्ठले १८ वर्षमाथिका सबैलाई खोप लगाउने अभियानअन्तर्गत अहिलेसम्म ६१.९ प्रतिशतलाई समेटिएको बताउनुभयो ।
बाँकेमा १८ वर्षमाथिका चार लाख ६ हजार एक सय ६५ जनसंख्या रहेको छ । त्यसमा दुई लाख ४७ हजार ६ सय ७५ जनाले कोरोनाको पहिलो खोप लगाएका छन् । जिल्लामा एक लाख ८९ हजार ३३ जनाले दोस्रो खोप लगाएका छन् । यो भनेको ४६.५ प्रतिशत हुन्छ ।
स्वास्थ्य अधिकृत श्रेष्ठले जिल्लामा खोपबाट कोही पनि बन्चित नहुन् भनेर खोप अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयले भेरी अस्पताल, नेपालगञ्जमा १० देखि ५ बजेसम्ममा फाइजर र भेरोसेलको दोस्रो मात्रा र कोभिशिल्डको पहिलो मात्रा लगाइरहेको छ । दोस्रो खोप लगाउन आउदा पहिलो मात्रा लगाएको खोप कार्ड र पहिलो मात्रा लगाउदा १८ वर्ष पूरा भएको प्रमाण लिएर आउन अनुरोध गरिएको छ । योसँगै पालिकाहरुमा पनि अभियान सञ्चालन भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !