बाँकेका तीन र बर्दियाका एक जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा चार जनालाई कोरोना देखिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, ५४ जनाको परीक्षण गर्दा चार जनालाई कोरोना देखिएको हो ।
भेरी अस्पतालमा २५ जनाको परीक्षण गर्दा चार जनालाई कोरोना देखिएको छ । कोहलपुर मेडिकल कलेजमा १३ र बागेश्वरी ल्याबमा १६ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन । कोरोना देखिएका चार जनामा तीन जना बाँके र एक जना बर्दियाका छन् ।
बाँकेमा एकजना सिकिस्त र चार जना मध्यम विरामी रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !