पुस्तक तथा स्टेशनरी व्यवसायीको नेपालगञ्जमा अधिवेशन

नेपालगञ्ज – नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ लुम्बिनी प्रदेशको शनिबार नेपालगञ्जमा तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो प्रदेश अधिवेशन हुने भएको छ ।
प्रदेश अध्यक्ष बसन्त लामिछानेले साधारण तथा प्रदेश अधिवेशनमा १२ जिल्लाबाट एक सय ५० जना प्रतिनिधि, ५० जना पर्यवेक्षक तथा अतिथि गरी दुई सय जना उपस्थिति हुने जानकारी दिनुभयो । पठन संस्कृतिको विकास गर्न नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघले सबै जिल्लामा अत्याधुनिक ई–लाइब्रेरीको अवधारणालाई अघि सारेको छ । संघले सबै व्यवसायीको व्यवसायिक सुरक्षा तथा जोखिम न्यूनीकरणका लागि सामुहिक बिमा योजना गराई व्यवसायीको सम्पतिको सुरक्षालाई विशेष दिने योजना बनाएको प्रदेश अध्यक्ष लामिछानेले बताउनुभयो ।
शुक्रबार अपरान्ह पत्रकार सम्मेलन गरेर संघले सभा तथा अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । सभा तथा अधिवेशनको लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !