दुई जनालाई कोरोना पुष्टि

नेपालगञ्ज – बाँकेमा दुई जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, यहाँका तीन वटा ल्याबमा ५८ जनाको परीक्षण गर्दा दुई जनालाई कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा १९ जनाको परीक्षण गर्दा एक जना र बागेश्वरी ल्याबमा १३ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको छ । कोहलपुर मेडिकल कलेजमा २६ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेको अस्पतालमा सिकिस्त एक जना, मध्यम विरामी दुई जना र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !