राप्रपाका नवनिर्वाचित महामन्त्री राणाको नेपालगञ्जमा भब्य स्वागत

नेपालगञ्ज – राप्रपाका नवनिर्वाचित महामन्त्री डा. धवलशमशेर राणालाई गृह शहर नेपालगञ्जमा भब्य स्वागत गरिएको छ ।
राप्रपा महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक गृहनगर नेपालगञ्ज आइपुगेका डा. राणालाई स्वागत गर्न नेता तथा कार्यकर्ता विमानस्थल पुगेका थिए । उनीहरुले विमानस्थलबाटै फूलमाला र अविर लगाएर स्कटिङ गर्दै पुरानो वीरेन्द्रचोक पु¥याए । जहाँ राणा उत्रिएर ५० किलोको माला ग्रहण गरेका थिए ।
राजतन्त्रको पक्षमा रहेकाले उनीहरु गृहनगर आउदा वीरेन्द्र राजाको स्मरणमा त्यही उत्रिएर माला लगाएका हुन् । कार्यकर्ताले सम्मान स्वरुप लगाइदिएको माला राणाले वीरेन्द्रचोकमै राख्न चाहन्थे । तर, राजाको शालिक नभएको हुँदा उतारेर फेरि कार्यकर्ता दिए र गाडीमा राखियो ।


हिन्दुवादी भएको हुँदा उनी वीरेन्द्रचोकबाट हिन्दु धर्मको आस्थाको केन्द्र बागेश्वरी मन्दिरको दर्शन गर्दै शहर परिक्रमा गरेका थिए । त्यतिबेला कार्यकर्ताहरु निकै उत्साहित हुँदै आगामी निर्वाचनमा २ नम्बर क्षेत्रबाट विजयी गराउने र पुनः त्यसरी नै माला लगाउने उद्घोष गरेका थिए ।


नेपालगञ्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका डा. राणा यसअघि एमालेबाट पनि मेयरमा निर्वाचित भएका थिए । तर, राजसंस्थाको पक्षमा लाग्न दबाब बढेपछि उनी पुनः राप्रपा प्रवेश गरेका हुन् । छोटो समयमै संस्थापन अध्यक्ष कमल थापाजस्ता प्रभाकशाली नेताको समूहलाई चुनौतीमात्रै दिएनन्, चुनावमा समेत पराजित गरेर गृहनगर फर्किएपछि कमल थापा पक्षधरहरु राणाको अघि पछि लागेको देखिन्थ्यो ।
दुई पटक नेपालगञ्जको मेयर भएका राणाले पार्टीमा समेत बर्चस्व जमाएपछि अब क्षेत्र नं. २ बाट संघमा प्रतिस्पर्धा गर्ने उनीनिकटहरु बताउँछन् ।


error: यो सुविधा उपलब्ध छैन !