नेपाल भ्यालुयर्स एशोसियसन, नेपालगञ्जले मूल्यांकन नगर्ने

नेपालगञ्ज – नेपाल भ्यालुयर्स एशोसियसन, नेपालगञ्ज च्याप्टरले मूल्यांकन र सो सम्बन्धी कार्य पूर्णरुपले बन्द गरेको छ ।
कुमारी बैंकबाट उपलब्ध गराइएको कागजातहरुको आधारमा मूल्यांकन गरी मालपोत कार्यालयबाट समेत किर्ते दृष्टिबन्धक एवं जग्गा रोक्का गर्ने जस्ता कार्य सम्पन्न भइ प्रवाहित ऋण कर्जा चुक्त भइसकेको अवस्थामा हाल स्वामित्व सम्बन्धी कागजातहरु नै किर्ते रहेको भनि केन्द्रीय अनुसन्धान ब्यूरोले वीरगञ्ज च्याप्टरका सदस्य डायनामिक कन्सल्टेन्सी एण्ड कन्स्ट्रक्सन सर्भिसेजका प्रोपोराइटरलाई अनुसन्धानका नाममा हिरासतमा लिएपछि त्यसको विरोधमा नेपालगञ्ज च्याप्टरले काम कारबाही बन्द गरेको हो ।
नेपालगञ्ज च्याप्टरका अध्यक्ष इन्जिनियर नरेश स्वाँर र सचिव इन्जिनियर विवेक लामिछानेले नेपाल बैकर्स एशोसियसन, कोहलपुरलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘बैंकले उपलब्ध गराएको कागजातहरुको शुद्धताको परीक्षण गर्ने काम मूल्यांकनकर्ताको जिम्मेवारी भित्र नपर्ने र दायित्व बाहिरका कार्यहरु भएको हुनाले विना हिरासत पनि अनुसन्धान हुन सक्ने अवस्था रहदा रहदै मूल्यांकनकर्तासँग ज्यादतिपूर्ण व्यवहारका साथै व्यक्तिगत स्वतन्त्रतामाथि गरिएको ठाडो हस्तक्षेप भएको छ ।’
उनीहरुले भनेका छन्, ‘मूल्यांकन र ऋण कर्जा दिने कार्यमा मूल्यांकनकर्ता लगायत बैंकको कर्मचारीसमेत फस्न सक्ने संभावनालाई नकार्न नसक्ने अवस्था रहेकाले आउदा दिनहरुमा यस्ता कार्यमा आउने जोखिमहरु न्यूनीकरण गर्दै लैजाने र आफू दोषी नरहेको अवस्थामा मूल्यांकनकर्ता र बैंकको कर्मचारीहरु समेतको प्रतिष्ठा, मान मर्यादा र बृत्ति विकास धरापमा नपरोस् भन्नका लागि एनभीए केन्द्रीय समितिले कात्तिक २४ गते जारी गरेको विरोध कार्यक्रममा परिवर्तन नभएसम्म यस नेपालगञ्ज च्याप्टरअन्तर्गत मूल्यांकन र सो सम्बन्धी कार्य पूर्णरुपले बन्द रहने जानकारी गराउंदछौं ।’


error: यो सुविधा उपलब्ध छैन !