कुर्मीद्वारा कांग्रेस सभापति उम्मेदवारी घोषणा

नेपालगञ्ज – नेता बादशाह कुर्मीले नेपाली कांग्रेस बाँकेको पार्टी सभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलन गरेर संविधान सभा सदस्य कुर्मीले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।
‘म ३८ वर्षदेखि नेपाली कांग्रेसमा लागेको छु । जिल्लाका विभिन्न पदमा बसिसकेको छु । यसपाली म संस्थापन पक्षबाट सभापतिको उम्मेदवारी घोषणा गरेको छु, कुर्मीले भन्नुभयो, साथीहरुसँग सरसल्लाह गरेकाले संस्थापन पक्षबाट म एक्लो उम्मेदवारी हुन्छु ।’
कुर्मीले आफू सभापति हुँदा बाँकेमा गुटउपगुट अन्त्य गर्ने दावी गर्नुभयो । उहाँले सबै नेता तथा कार्यकर्तालाई मिलाएर लैजाने बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !