क्षेत्र नं. १ मा केसी विजयी
नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेको क्षेत्र नं. १ को सभापतिमा पोषण केसी विजयी भएका छन् ।
संस्थापन इतर समूहका केसीले संस्थापन पक्षका माधवराम खत्रीलाई ४७ मतले पराजित गरेका हुन् ।
६ सय एक मत खसेकोमा केसीले तीन सय १६ र खत्रीले २ सय ६९ मत ल्याएका थिए । सचिवमा केसी समूहबाट खुमबहादुर बस्नेत र खत्री समूहबाट जयश्वर पौडेल तथा सहसचिवमा खत्री समूहबाट दिपेन्द्र उप्रेती र केसी समूहबाट रामबहादुर रावत निर्वाचित भएका छन् ।
यता, क्षेत्र नं. २ मा मतदान भइरहेको छ । ४ सय ४८ मतदाता रहेको क्षेत्र नं. २ मा वीरेन्द्रबहादुर शाह र रमेश गुप्ताको प्यानल चुनावी मैदानमा रहेका छन् ।