क्षेत्र नं. २ मा ४ सय ४० मत खस्यो

नेपालगञ्ज – विवादै विवादका बीच नेपाली कांग्रेस, बाँके क्षेत्र नं. २ को मतदान सकिएको छ ।
एक दिन रोकिएर शुक्रबार विहानदेखि शुरु भएको मतदान बीच–बीचमा विवादमा पर्दै अगाडि बढेको थियो ।
विशेष गरेर डुडुवाका मतदाताको अर्को व्यक्तिले मत हाल्ने विषयमा शुरुदेखि नै विवाद भएको थियो । आफैले मत हाल्न सक्ने व्यक्तिको समेत अर्को व्यक्तिले मत हाल्ने भनेपछि विवाद भएको भुक्तभोगीहरुले बताए । विधान अनुसार नै अघि बढ्ने भनेर मतदान शुरु गरिएको भएपनि अन्तिम तिर एउटाको मतदान अर्कैले हालेका थिए ।
क्षेत्र नं. २ मा ४ सय ४० मत खसेको छ । ४ सय ५१ जनामा एघार जना अनुपस्थित भएका छन् । डुडुवाबाट सात जना र नेपालगञ्जका चार जना अनुपस्थित भएको बुझिएको छ । मत गणना शनिबार विहानदेखि गन्ने विषयमा छलफल भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !