सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
बाँके प्रहरीका अनुसार, राप्तीसोनारी गाउँपालिका वडा नं. ८ का ३५ वर्षीय भीमबहादुर भन्ने रिमबहादुर खत्रीलाई पक्राउ गरिएको छ ।
बाँके जिल्ला अदालतले खत्रीलाई दुई महिना ६ दिन कैद र दुई हजार जरिवानाको फैसला गरेको थियो । २०७७ माघ ८ गतेको यो आदेश लगत्तै खत्री फरार रहेका थिए । प्रहरीले खत्रीलाई अदालत समक्ष बुझाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !