आठ जनालाई कोरोना, दुई जना डिस्चार्ज
नेपालगञ्ज – बाँकेमा आठ जनालाई कोरोना देखिएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, यहाँका तीन वटा ल्याबमा ६२ जनाको परीक्षण गर्दा आठ जनालाई कोरोना देखिएको हो ।
भेरी अस्पतालमा २७ जनामा ६, कोहलपुर मेडिकल कलेजमा २३ जनामा दुई जनालाई कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा १२ जनाको जाँच गर्दा कसैलाई पनि कोरोना पुष्टि भएन । कोरोना देखिएका आठ जनामध्ये बाँके जिल्ला निवासी दुई जना रहेका छन् । बाँकेमा मंगलबार दुई जना डिस्चार्ज भएका छन् ।