एक लाख ८४ हजारको सामान बरामद
नेपालगञ्ज – बाँके प्रहरीले भन्सार छलेर ल्याएको एक लाख ८४ हजार बराबरको विभिन्न सामान बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, भारतबाट अवैध रुपमा ल्याइएको लत्ताकपडा, सूर्ती, सुपारी बरामद गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० बाट उक्त सामान बरामद गरेको प्रहरीले बताएको छ ।
बरामद सामान नेपालगञ्ज भन्सार कार्यालयमा पठाइएको छ ।