६ जनामा कोरोना पुष्टि

नेपालगञ्ज – बाँकेमा ६ जनामा कोरोना पुष्टि भएको छ ।
यहाँका तीन वटा ल्याबमा ६५ जनाको जाँच गर्दा ६ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएकामध्ये बाँके जिल्ला निवासी ३ जना रहेका छन् ।
भेरी अस्पतालमा ११ जनामा एक, कोहलपुर मेडिकल कलेजमा २९ जनाको परीक्षण गर्दा ५ जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा २५ जनाको जाँच गर्दा कसैलाई पनि कोरोना पुष्टि हुन सकेन ।
जिल्लामा सोमबार एक जना डिस्चार्ज भएका छन् । यहाँ २४ जना सक्रिय संक्रमित रहेका छन् । सिकिस्त विरामी तीन जना, मध्यम आठ जना र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !