नेपालगञ्जका ६९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का ६९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
कात्तिक ६ गते पीसीआर गरिएका उनलाई त्यही दिन अस्पतालमा भर्ना गरिएको थियो । उनको गएराती १०.३० बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४० जना पुगेको छ ।
बाँकेमा ठूलो संख्यामा नभएपनि अझै फाटफुट रुपमा कोरोना संक्रमित फेला परिरहेका छन् भने केही दिनको फरकमा मृत्यु पनि भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !