१२ जना थपिए, ९ जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा १२ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, यहाँका दुई वटा ल्याबको रिपोर्टमा १२ जना कोरोना संक्रमित थपिएका हुन् ।
भेरी अस्पतालमा ४६ जनाको परीक्षण गर्दा ११ जना र कोहलपुर मेडिकल कलेजमा २० जनाको परीक्षण गर्दा एक जना संक्रमित थपिएका हुन् ।
नयाँ थपिएका १२ जना संक्रमितमध्ये बाँके जिल्ला निवासी ७ जना रहेका छन् । जिल्लामा २३ जना सक्रिय संक्रमित रहेका छन् । आइतबार ९ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !