मैत्रीपूर्ण फुटबल : जर्साप भर्सेस रोयल

नेपालगञ्ज – नेपाली सेनाको पश्चिम कमाण्ड हेड क्वाटर र रोयल नेपालगञ्ज फुटबल क्लवका बीचमा मैत्रीपूर्ण भेट्रान फुटबल प्रतियोगिता भएको छ ।
श्री नम्बर ४ बाहिनी अड्डाको आयोजनामा राँझामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता बराबरीमा टुंगिएको छ । उपरथी प्रेम शाहीले पश्चिम कमाण्ड र सूर्यमणि अधिकारीले रोयलको नेतृत्व गर्नु भएको थियो ।


पश्चिम कमाण्ड हेड क्वाटरको तर्फबाट कमाण्ड सेनापति उपरथी शाही, बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, मेजरहरु दिप श्रेष्ठ, कपुर सिंह, सुरेन्द्र रोक्कालगायत मैदानमा उत्रिनु भएको थियो । रोयल नेपालगञ्जको तर्फबाट अध्यक्ष सूर्यमणि अधिकारी, कोषाध्यक्ष अमृत श्रेष्ठ, केशव राना, उदय अधिकारी, विष्णु रिमाल, तोया कँडेल, ज्ञानमणि अधिकारी, नरेश श्रेष्ठ, अपूर्व सिंह, पत्रकार कुमार श्रेष्ठलगायत मैदानमा उत्रिनु भएको थियो ।


मैत्रीपूर्ण खेल बराबरीमा टुंगिएको छ । निर्धारित समयमा दुवैतर्फबाट एक-एक गोल भएको थियो । रोयलका तर्फबाट विष्णु रिमाल र पश्चिम कमाण्डको तर्फबाट मेजर दिप श्रेष्ठले गोल गर्नु भएको थियो । त्यसपछि खेललाई ट्राइबेकरमा लगिएको थियो । ट्राइबेकरमा समेत दुई-दुई गोल भएपछि खेललाई बराबरीमा टुंग्याइएको थियो ।
भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी कार्कीको सहयोग र अगुवाईमा बाँकेमा फुटबलको माहोल बनेको छ । प्रमुख सेनानी कार्कीको संयोजनमा दुई वर्षपछि रंगशाला सरसफाई भएर प्रतियोगिता तथा मैत्रीपूर्ण खेल भएको छ ।
रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष अधिकारीले बाँकेको फुटबल विकासका लागि विभिन्न व्यक्तित्व तथा संघ संस्थासँग मिलेर काम गरिरहेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !