बाबुगाउँबाट ४८ जना जुवाडे पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले ४८ जना जुवाडेलाई पक्राउ गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको बाबुगाउँमा दुई÷तीन खाल बनाएर जुवा खेलिरहेका ४८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार, आज विहान चार बजे उनीहरुलाई नियन्त्रणमा लिइएको छ । उनीहरुको साथबाट चार लाख ६६ हजार रुपैया बरामद भएको छ ।
पक्राउ परेका व्यक्तिमध्ये दश जनाको साथबाट पैसा फेला परेको छैन । एकजना भारतीयसमेत पक्राउ परेका छन् । उनीहरुले दुई÷तीन खाल बनाएर कार्डपत्ती खेलिरहेका थिए । प्रहरी प्रवक्ता न्यौपानेले को–को खेलिरहेका थिए । को–को दर्शकमात्रै थिए । उनीहरुलाई छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाइने बताउनुभयो । प्रवक्ता न्यौपाने भन्नुभयो, ठूला खालको खोजीमा निस्केका थियौ । साना–साना खाल फेला परे ।
तिहारमा प्रहरीले कोहलपुर, नेपालगञ्ज, खजुराबाट जुवाडे पक्राउ गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !