सात जनालाई कोरोना, तीन जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा सात जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, यहाँका तीन वटा ल्याबमा ५९ जनाको परीक्षण गर्दा सात जनालाई कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा २९ जनामा चार जना र कोहलपुर मेडिकल कलेजमा २५ जनाको परीक्षण गर्दा तीन जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा पाँच जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
कोरोना देखिएका सात जनामध्ये बाँके जिल्ला निवासी एकजना रहेका छन् । बाँकेमा मंगलबार तीन जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !