रेडपाण्डा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज – रेडपाण्डा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
बाँके प्रहरीले रेडपाण्डाको ओसारपसार मुद्दामा ५ वर्ष ५ महिना १४ दिन कैद सजाय तोकिएका बाँके बैजनाथ गाउँपालिका वडा नं. ६ का ४२ वर्षीय नरबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालतले वलीलाई २०७७ असोज २ गते उक्त फैसला सुनाएको थियो ।
बाँके प्रहरीले वलीलाई पक्राउ गरेर जिल्ला अदालत बुझाएको छ । बाँके प्रहरीले लुम्बिनी प्रदेशमै धेरै फरार प्रतिवादी पक्राउ गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !