पाँच जना डिस्चार्ज, तीन जना थपिए

नेपालगञ्ज – बाँकेमा आइतबार पाँच जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । तीन जना नयाँ संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, चार पुरुष र एक महिला डिस्चार्ज भएका छन् ।
यहाँका दुई वटा ल्याबमा ३० जनाको परीक्षण गर्दा तीन जनामा कोरोना देखिएको छ । कोहलपुर मेडिकल कलेजमा १२ जनाको परीक्षण गर्दा दुई जना र बागेश्वरी ल्याबमा १६ जनाको जाँच गर्दा एक जनामा कोरोना देखिएको छ ।
तीन जनामध्ये बाँके जिल्ला निवासी एकजना रहेका छन् । जिल्लामा ४० जना सक्रिय संक्रमित रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !