कोरोनाबाट ६३ वर्षीया महिलाको मृत्यु
नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बाँके बैजनाथ गाउँपालिका वडा नं. ५ की ६३ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।
कात्तिक ९ गते भेरी अस्पतालमा भर्ना गराएकी उनलाई १० गते पीसीआर गर्दा कोरोना देखिएको थियो । उनको गएराती १०.३० बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३९ जना पुगेको छ । जिल्लामा अझै कोरोना संक्रमित फाटफुट रुपमा देखा परिरहेको छ ।