सात जनामा कोरोना
नेपालगञ्ज – बाँकेमा सात जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, यहाँका तीन वटा ल्याबमा ८५ जनाको परीक्षण गर्दा सात जनामा कोरोना देखिएको हो । सात जनामध्ये बाँके जिल्ला निवासी तीन जना रहेका छन् ।
भेरीमा ३० जनाको जाँच गर्दा तीन जना, कोहलपुर मेडिकल कलेजमा २५ जनाको जाँच गर्दा तीन जना र बागेश्वरी ल्याबमा ३० जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको छ । बाँकेमा शनिबार चार जना डिस्चार्ज भएका छन् ।