खजुराका सबै वडामा सर्वसम्मत

खजुरा – खजुरा गाउँपालिकाका ८ वटै वडामा एमालेले सर्वसम्मत वडा कमिटी चयन गरेको छ ।
३१ सदस्यीय कार्यसमिति चयन गर्दै वडा नं. १ मा मगनसिंह थापा, २ मा डिबी तामाङ, ३ मा पूर्णबहादुर भण्डारी, ४ मा बलबहादुर कठायत, ५ मा सैजात शेष, ६ मा प्रेमलाल श्रेष्ठ, ७ मा अतिउल्ला खां र ८ मा वासिर खां सर्बसम्मत निर्वाचित भएका छन् । वडा नं. ३ को अधिवेशन उदघाटन गर्दै नेकपा एमाले बाँकेका उपाध्यक्ष किस्मतकुमार कक्षपतिले गुटविनाको पार्टी निर्माणमा अगाडि बढेको बताउनुभयो ।
उहाँले स्थानीय, प्रदेश र संघको निर्वाचनमा एमाले वडा अधिवेशन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै पार्टी सुदृढिकरण भएर गएको उल्लेख गर्नुभयो । लुम्बिनी प्रदेश सदस्य वेदनिधि प्याकुरेलले पार्टी र संगठन निर्माणको जगको रूपमा वडा रहेको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !