सात जना संक्रमित थपिए

नेपालगञ्ज – बाँकेमा सात जना कोरोना संक्रमित पुष्टि भएको छ ।
जिल्लाका तीन वटा ल्याबमा ६६ जनाको परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको हो । कोरोना देखिएकामध्ये बाँके जिल्ला निवासी ५ जना रहेका छन् ।
भेरी अस्पतालमा ३० जनाको परीक्षण गर्दा ६ जना र कोहलपुर मेडिकल कलेजमा ११ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा २५ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना पुष्टि भएन ।
जिल्लामा शनिबार तीन जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !