कुकाठ झिकेर रुख रोप्ने वनमन्त्री हमालको भनाई
नेपालगञ्ज – लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले जंगलका कुकाठ झिकेर बृक्षारोपण गर्ने बताउनु भएको छ ।
नेपाल प्रेस युनियन, बाँकेले शनिबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री हमालले छिटो भन्दा छिटो कुकाठलाई जंगलबाट बाहिर निकाल्ने बताउनुभयो । ‘हामीले कुकाठ जति जंगलमा राखिराख्छौं, उत्तिनै राज्यलाई नोक्सानी हुन्छ । ती काठहरुलाई झिकेर बृक्षारोपण गर्ने तयारी थालेको छु, मन्त्री हमालले भन्नुभयो, प्रदेशका १२ वटै जिल्लाका रहेका कुकाठको लगत लिन शुरु गरिसकेको छु ।’
मन्त्री हमालले अब बृक्षारोपण गर्दा अलि ठूलो रुखका विरुवाहरु लगाइने बताउनुभयो ।
एक प्रश्नमा मन्त्री हमालले पत्रकारका नाममा जथाभावी बाँडिएको रकमका बारेमा आवाज उठाउने बताउनुभयो ।
मन्त्री हमालले बाढीपीडित किसानलाई राहत उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।