बाँकेमा कम्तीमा २२ प्रतिशत धान नोक्सान

नेपालगञ्ज – एक साताअघि आएको वर्षाले बाँकेमा कम्तीमा २२ प्रतिशत धानबालीमा नोक्सानी पु¥याएको छ ।
जिल्ला कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले वर्षाका कारण २२ देखि २५ प्रतिशत धानबालीमा नोक्सानी पु¥याएको बताउनुभयो । ‘यो क्षतिको प्रारम्भिक अनुमान हो । यकिन तथ्यांक लिने काम भइरहेको छ, ढकालले भन्नुभयो ।
ढकालका अनुसार, बाँकेमा ३६ हजार पाँच सय हेक्टरमा धानखेती भएको छ । कात्तिकमा परेको अविरल वर्षाले काटेको र काट्न ठिक्क परेको धानबालीमा ठूलो नोक्सानी पु¥याएको छ । ९ हजार एक सय ५० हेक्टरमा काटेर राखेको धान डुबेको छ । दश हजार हेक्टरमा पाकेको धान ढलेको छ । ढलेको धानमा कम्तीमा २० प्रतिशत नोक्सानी हुने ढकालको भनाई छ । काटेर खेतमा राखेको ६० प्रतिशत धानबाली नोक्सान भएको छ । पानी पर्नु अघि बाँकेमा दश प्रतिशत किसानले धान काटेर उठाएका थिए ।
किसानलाई ठूलो मार खेपेपनि अहिलेसम्म प्रदेश र संघीय सरकारले राहतको घोषणा गरिसकेको छैन । स्थानीय सरकारले लगत लिने काम गरिरहेको छ । बाँकेमा कृषि ज्ञान केन्द्रले दु्रतगतिमा लगत लिइरहेको छ । यहाँबाट प्रदेशमा प्रारम्भिक नोक्सानीको लगत पठाइसकिएको छ । ‘अहिलेसम्म राहतको घोषणा भएको छैन, लगत लिइसकेपछि घोषणा होला, ढकालले भन्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !