६ जना डिस्चार्ज, एक जना थपिए

नेपालगञ्ज – बाँकेमा आइतबार ६ जनाले कोरोनालाई जितेका छन् । यहाँ एकजना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोेभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, चार महिला र दुई पुरुष कोरोना जितेर घर फर्किएका छन् ।
यहाँका दुई वटा ल्याबमा ३३ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको छ । कोहलपुर मेडिकल कलेजमा ८ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना पुष्टि भएन । बागेश्वरी ल्याबमा २५ जनाको परीक्षण गर्दा एकजनामा कोरोना देखिएको थियो । भेरी अस्पतालमा रिपोर्ट आइसकेको छैन । कोरोना पुष्टि भएका एकजना बाँके जिल्ला निवासी हुन् ।
जिल्लामा ४० जना सक्रिय संक्रमित रहेका छन् । ९ जना सिकिस्त, दश जना मध्यम र तीन जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !