१५ जना संक्रमित, १० जना डिस्चार्ज
नेपालगञ्ज – बाँकेमा १५ जना कोरोना संक्रमित थपिएका छन् ।
यहाँका तीन वटा ल्याबमा एक सय १८ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना देखिएको हो । कोरोना देखिएकामध्ये चार जना बाँके जिल्ला निवासी रहेका छन् ।
भेरी अस्पतालमा ६६ जनाको परीक्षण गर्दा १० जना र कोहलपुर मेडिकल कलेजमा ३७ जनामा ५ जनालाई कोरोना देखिएको छ । बागेश्वरी ल्याबमा १५ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
जिल्लामा अहिले ५० जना सक्रिय संक्रमित रहेका छन् । बुधबार दश जना डिस्चार्ज भएका छन् ।