१८ जना संक्रमित, चार जना निको
नेपालगञ्ज – बाँकेमा १८ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, दुई वटा ल्याबमा ४७ जनाको परीक्षण गर्दा १८ जनामा कोरोना देखिएको हो ।
भेरी अस्पतालमा २९ जनामा ९ जना र कोहलपुर मेडिकल कलेजमा १९ जनामा ९ जनामा कोरोना देखिएको छ । कोरोना देखिएकामध्ये बाँकेका ५ जना रहेका छन् । मंगलबार ४ जना डिस्चार्ज भएका छन् ।