तीन वर्ष मुल्तबीमा परेको विवाह

गाउँमै बसेको भए एसएलसी पास भएलगत्तै मेरो विवाह हुने थियो । गाउँमा बिहेको उमेर भनेकै १४-१५ वर्ष मानिन्थ्यो । मैले १५ वर्षमै एसएलसी परीक्षा दिएको थिएँ । मेरा उमेरका प्रायः सबै साथीको बिहे भइसकेको थियो । गाउँ छाडेकैले म बालविवाह हुनबाट जोगिएँ ।
दुई वर्षको सुर्खेत बसाइपछि नेपालगन्ज झरिसकेको थिएँ । बीएल दोस्रो वर्षमा पढिरहँदा घरबाट विवाहका लागि दबाब आउन थाल्यो । मेरो पढाइ सकेर बिहे गर्ने सोच थियो । त्यसैले आलटाल गर्दै आएको थिएँ ।
बुबामा दम समस्या थियो । उमेर पनि ढल्किँदै थियो । बुबाले मेरो विवाह हेर्ने अन्तिम इच्छा गर्नुभएको खबर पाएँ । त्यो कुराले मेरो मन छोयो । बुबामुमाकै कारण धर्तीमा जन्मिएँ, हुर्किएँ, बढेँ, पढेँ–लेखेँ । एक न एक दिन विवाह गर्नु नै छ भनेपछि बुबाको इच्छा किन पूरा नगर्ने १ हरेक बुबाआमालाई छोराछोरीको विवाह गरिदिने, नातिनातिनी खेलाउने धोको हुन्छ । मेरा बुबामुमाको अभिलाषा त्यही न थियो ।
नेपालगन्ज आएको दुई वर्ष भएको थियो । आयस्रोत केही नभएकाले मात्र म बिहेका लागि हच्किएको थिएँ । आफ्नै खानेबस्ने ठेगान नभएको बेला विवाह गरेर श्रीमतीलाई कसरी पाल्ने रु मुख्य चिन्ता यही थियो । बुबाको अन्तिम सदिच्छा पूरा गर्नका लागि पनि मैले बिहे गर्ने निधो गरेँ । विवाह गर्ने त भनियो, कोसँग गर्ने रु भर्खर पढ्दै गरेको केटालाई कसले पत्याउला रु विवाह गरेपछि श्रीमतीलाई कहाँ राख्ने रु पढाइ के होला रु मनभरि यस्तै प्रश्न उब्जिन्थे ।
विवाह गर्ने भए केटी खोजिदिन्छौँ भन्नेहरू निस्केका थिए । हाम्रो घरपरिवारका सदस्यको कालिकोट, बाजुरा, बझाङतिर नै बिहेबारी हुन्थ्यो । सायद, त्यतैतिर केटी खोज्ने तयारी थियो होला भन्ने ठानेँ ।
० ० ० ० ०
बिहे गर्ने निधोपछि केटीको खोजी हुन थालेछ । मेरा मनमा अनेक कुरा खेल्न थाले । कस्ती होलिन् मेरी जीवनसाथी रु कहाँकी पर्लिन् रु मलाई कति माया गर्लिन् ? तत्काल बिहे गर्ने सोच नभए पनि बुबाको इच्छा पूरा गर्न म विवाह बन्धनमा बाँधिन थालेको थिएँ । मनमनै म कल्पनाको सागरमा प्रेमको डुबुल्की मारिरहेको थिएँ ।
कसलाई भनौँ, उकुसमुकुस हुन थाल्यो । म बस्ने घरमा कैलाली लम्कीका विनोद राठौर बस्थे । विनोदको मामाघर अछाम कालीमाटी ९हाल कैलाली० रहेछ । मामाघर अछाम भएकाले उनी मलाई मामा भन्थे, मैले भान्जा भन्न थालेको थिएँ ।
एकदिन मैले विनोदलाई विवाहको योजनाबारे बताएँ । मुखै फोडेर भनेँ, ‘भान्जा हजुरको गाउँतिर कुनै मेरो योग्य केटी भए विवाहको वातावरण मिलाउनु प¥यो ।’ भान्जाले आफ्नो दिज्जु नाता पर्ने केटीको कुरा गरे । केही दिनपछि उनले फोटो ल्याएर दिँदै भने, ‘दिज्जु सरल स्वभावकी छिन् । गाउँको स्कुलमा पढाउँछिन् । मन प¥यो भने भन्नु होला कुरा गरौँला ।’
उनले टीकापुर पार्कमा बसेर र उठेर खिचिएका युवतीका दुई तस्बिर मेरो हातमा राखिदिए । पहिलो नजरमै केटी मन प¥यो । निर्दोष अनुहार, साधारण पहिरन, पुक्क परेका गाला, मायालु अनुहार देख्दै म लोभिएँ । मैले त मन पराएँ । उनले कस्तो केटा खोजिरहेकी होलिन् रु मैले विनोदलाई मेरो वास्तविक अवस्था बताइदिन भनेँ । पढालेखा केटाले आफ्नो भविष्य आफैँ बनाइहाल्छ नि १ भन्ने सोचेरै हुनुपर्छ केटीतिरबाट पनि सकारात्मक कुरा आयो ।
केटी मन परेको हो भने एकपटक भेटघाट गरेर कुरा अघि बढाउँदा ठिक होला भनेर विनोदले सल्लाह दिए । केटी पक्षको प्रस्ताव पनि त्यही थियो । म र विनोद केटी हेर्न लम्की गणेशपुर गयौँ । मैले यी सबै कुरा साथीभाइ र आफन्तलाई भनेको थिइनँ । अपर्भmट केटी हेर्न जाने कुरा भयो । मसँग राम्रा कपडा थिएनन् । किन्न समय र पैसा दुवै थिएन । त्यसैले विनोदकै कपडा लगाएर म केटी हेर्न गएको थिएँ ।
त्यस बेला म दुब्लोपातलो थिएँ । नेपालगन्जमा मेरो न घर थियो, न कुनै नोकरी । सिङ्गो परिवार अछाममै थियो । तराईमा हुर्के बढेकी केटी पहाडको केटासँग विवाह गर्न मन्जुर होलिन् वा नहोलिन्, म अन्योलमै थिएँ । केटीको परिवारसँग घरायसी कुराकानी भयो । मैले हतारमा विवाह गर्नुको कारण पनि नढाँटेरै भनेँ । केटीसँग सामान्य हेराहेर र देखादेख भयो । विनोदले केटीसँग कुराकानीको वातावरण मिलाए ।
केटी साहै्र लजालु स्वभावकी रहिछन् । म फोटो हेरेरै आकर्षित भएको थिएँ । प्रत्यक्ष भेट्दा झन् मन प¥यो ।
केटा र केटीलाई छुट्टै कोठामा भेट्ने माहोल मिलाइएको थियो । के बोल्ने, के सोध्ने रु मलाई पनि लाज लागिरहेको थियो । मैले नामसम्म सोधेँ ।
‘कन्चन ।’
उनले खुट्टाको बूढीऔंलाले भुइँ कोतर्दै भनिन् । लाजले अनुहार रातो भएको थियो । के गर्दै रु पढाइ कहाँ पुग्यो रु यस्तै औपचारिक प्रश्न सोध्नेबाहेक खास कुराकानी भएन । उनले कुनै प्रश्न गरिनन् । एउटा परीक्षार्थीले दिएको अन्तर्वार्ताझैँ मैले प्रश्न सोध्ने र उनले जवाफ दिने काम मात्र भयो ।
कन्चनको परिवारले पनि सम्भवतः मलाई मन परायो । एउटी सुन्दर र सुशील कन्यासँग घरजम हुने निधोजस्तै भएकामा म खुसीले फुरुङ्ग हुँदै नेपालगन्ज फर्किएँ ।
म पढ्न बसेको विद्यार्थी न थिएँ । भाडाको एउटा कोठामा जीवन निर्वाह भइरहेको थियो । मलाई के सोचेर विवाहका लागि सहमत भए होलान् रु यो प्रश्नको जवाफ मैले अहिलेसम्म पाएको छैन । सबै भाग्यको खेल रहेछ भन्ने ठान्छु । केटाकेटीको मन मिलेकाले अब छिट्टै बुबाको इच्छा पूरा हुने कुरामा आशा जागेको थियो । बुबाको स्वास्थ्य ख्याल गर्दै यथाशक्य छिटो मगनी गर्ने र लगत्तै विवाह गर्ने सल्लाह गरियो ।

(नेपालगञ्जका चर्चित कानून व्यवसायी लोकबहादुर शाहद्वारा लिखित ‘चौकीदारदेखि वकिलसम्म’ नामक पुस्तकबाट लिइएको अंश हो यो । क्रियटिभ बुक्सले प्रकाशन गरेको यो पुस्तक पढ्न चाहेमा ९८५१०९३२३४ मा सम्पर्क गर्नुहोला ।)


error: यो सुविधा उपलब्ध छैन !