राँगा समातिन्छ, मान्छे किन समातिदैनन् ?
नेपालगञ्ज – प्रहरीले केही दिनयता बेवारिसे अवस्थामा भन्दै राँगा नियन्त्रणमा लिने गरेको छ । भारतबाट अवैध रुपमा ल्याइएको बताइएको राँगालाई प्रहरीले समातेर भन्सार कार्यालयमा बुझाउने गरेको छ ।
शनिबार पनि नेपालगञ्ज उपहानगरपालिका वडा नं. १ बाट ६ वटा राँगा समातिएको छ । एक लाख पचास हजार बराबर मूल्य निर्धारण गरिएको राँगा बेवारिसे अवस्थामा रहेको प्रहरीले बताएको छ । राँगालाई मान्छेले हाक्दै ल्याउने हो । राँगा समात्ने प्रहरीले त्यसको गोठालो चाहि किन देख्दैन ? प्रश्न उब्जिएको छ । यसअघि पनि प्रहरीले राँगा समातेको थियो । त्यतिबेला पनि बेवारिसे नै भनिएको थियो । भारतबाट ल्याइएको बताइने राँगा वडा नं. १ सम्म आइपुग्दा कसरी बेवारिसे हुन सक्छ र ? कि प्रहरीलाई देखेपछि राँगा मालिक भागेको हुनुपर्छ ।