बाँकेमा नेपालका लागि नेपाली पार्टी गठन
नेपालगञ्ज – बाँकेमा नेपालका लागि नेपाली पार्टी गठन भएको छ ।
नेपालगञ्जमा भएको जिल्ला भेलाले अमरदीप राईको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरेको हो ।
पार्टीका केन्द्रीय सदस्य एवं बाँके संयोजक सुदीप भद्वराईको अध्यक्षतामा भएको कार्यक्रमबाट उपाध्यक्षमा राजश्री शाह र ओमकार स्वदेशी, सचिवमा कृष्णबहादुर श्रेष्ठ, कोषाध्यक्षमा हरिबाबु घिमिरे, सहायक सचिवमा पारसजंग कुँवर र ढकनाथ सापकोटा चयन भएका छन् ।
पार्टीको मुख्य एजेन्डा संवैधानिक राजतन्त्रसहित हिन्दु राष्ट्र, प्रधानमन्त्रीलाई जनताले प्रत्यक्ष चुनिनु पर्नेलगायत रहेका छन् । पार्टीको केन्द्रीय अध्यक्ष बालकृष्ण न्यौपाने रहेका छन् ।