नेपालगञ्जमा कोरोनाबाट दुई जनाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, बाँके र बर्दियाका एक÷एक जना संक्रमितको मृत्यु भएको छ ।
बर्दिया बारबर्दिया नगरपालिका वडा नं. ४ का ७२ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको छ । भदौ ३० गते पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो । राती ९.३० बजे उनको मृत्यु भएको छ ।
बाँके कोहलपुर नगरपालिका वडा नं. ५ का २२ वर्षीय पुरुषको राती १.३० बजे मृत्यु भएको छ । असोज ४ गते पीसीआर गरिएका उनलाई भोलीपल्ट भर्ना गरिएको थियो ।
योसँगै कोरोनाबाट बाँके जिल्ला निवासी ३ सय ३४ र बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका ४ सय १८ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !