२७ जना कोरोना संक्रमित थपिए
नेपालगञ्ज – बाँकेमा २७ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, जिल्लाका तीन वटा ल्याबमा एक सय २९ जनाको परीक्षण गर्दा २७ जनालाई कोरोना भएको हो । २७ जनामध्ये बाँके जिल्ला निवासी ११ जना रहेका छन् ।
भेरी अस्पतालमा ७९ जनाको परीक्षण गर्दा २४ जना, कोहलपुर मेडिकल कलेजमा ३९ जनामा दुई जना र बागेश्वरी ल्याबमा एघार जनामा एक जनालाई कोरोना पुष्टि भएको हो । पछिल्लो चौविस घण्टामा दुई जनाको मृत्यु भएको छ । शुक्रबार एकजना डिस्चार्ज भएका छन् ।