एक सय १६ जनाको जाँच गर्दा १५ जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा बिहीबार १५ जना कोरोना संक्रमित थपिएका छन् । १५ जनामध्ये बाँके जिल्ला निवासी १० जना रहेका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, यहाँका तीन वटा ल्याबमा एक सय १६ जनाको परीक्षण गर्दा १५ जना संक्रमित थपिएका हुन् ।
भेरी अस्पतालमा ६६ जनाको जाँच गर्दा १० जना, कोहलपुर मेडिकल कलेजमा ३८ जनामा ३ जना र बागेश्वरी ल्याबमा १२ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको हो ।
बाँकेमा बिहीबार सात जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !