भेरीमा दाङका संक्रमितको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा आज विहान एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का ६५ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको जानकारी दिए ।
साउन २९ गते नेपालगञ्ज मेडिकल कलेजमा पीसीआर जाँच गरिएकी महिलालाई भोलीपल्ट भेरी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएको २५ दिनपछि महिलाको आज विहान ६.४५ बजे मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या चार सय ६ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !