राप्तीसोनारीमा इतवारीको दुई दिन स्थानीय बिदा

नेपालगञ्ज – राप्तीसोनारी गाउँपालिकाले थारु जातीको पर्व इतवारीको अवसरमा दुई दिन स्थानीय बिदाको निर्णय गरेको छ ।
गाउँपालिकाको निर्णय अनुसार, भदौ २७ र २८ गते पर्ने इतवारीको अवसरमा दुई दिन स्थानीय बिदा गरिएको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिनुभयो । बिदाका दिन गाउँपालिकाको कार्यालय, विषयगत शाखा, उपशाखा तथा वडा कार्यालयहरु बन्द रहने जानकारी गराइएको छ ।
गाउँपालिकामा ठूलो संख्यामा थारु समुदायको बसोबास रहेकाले उनीहरुलाई खुशीका साथ पर्व मनाउन दुई दिन स्थानीय बिदा गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !