सिफ्ट मिलाएर खोलिदै स्कूल

नेपालगञ्ज – स्मार्ट लकडाउनको अवधारणा अघि सारेर स्थानीय प्रशासनले स्कूल खोल्ने जिम्मा स्थानीय पालिकालाई दिएको छ ।
स्मार्ट लकडाउनमा चार वटा तह निर्धारण गरिएको छ, रेड, मिस्क, एलो र ग्रिन जोन । जोनको निर्धारण नम्बरका आधारमा गरिएको छ ।
बाँकेका आठ वटा तहमध्येमा कोहलपुर नगरपालिका मिस्क जोन, नेपालगञ्ज उपमहानगरपालिका एलो र अरु ६ वटा पालिका ग्रिन जोनमा परेका छन् ।
कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाले स्कूल खोल्ने सम्बन्धमा निर्णय गरेर डीसीसीएमसी बैठकमा पेस गर्न भनिएको छ । अरु पालिकाको हकमा पालिकाले स्कूल खोल्न सक्ने छन् ।
अबका दिनमा स्थानीय तहले जोखिम मूल्यांकन गरेर सिफारिस गरेपछि डीसीसीएमसीले लकडाउन गर्ने भनिएको छ । यसअघि कही कतै जोखिम देखिने वित्तिकै जिल्लाभरी नै निषेधाज्ञा या लकडाउन गर्ने गरिएको थियो । अबका दिनमा सम्बन्धित पालिकालाई मात्रै निषेधाज्ञा या लकडाउन गर्ने रणनीति बनाइएको छ ।
जनजीवनमा सहज बनाउदै लैजानका लागि सरकारले स्मार्ट लकडाउनको अवधारणा अघि सारेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले भोली नै बैठक बसेर स्कूल सञ्चालन सम्बन्धमा सिफरिस गरिने बताउनुभयो ।
बाँकेका स्थानीय तहले सिफ्ट मिलाएर स्कूल खोल्ने तयारी गरेका छन् । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले सिफ्टमा स्कूल सञ्चालन गरिने बताउनुभयो ।
बाँकेमा बैशाख १३ गते निषेधाज्ञा जारी रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !