नेपालगञ्जका ३१ वर्षीयको कोरोनाबाट मृत्यु

नेपालगञ्ज – लामो समयपछि नेपालगञ्जमा कोरोनाबाट एकजनाको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का ३१ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो । केही दिनयता बाहिरी जिल्लाबाट नेपालगञ्जमा उपचार गराउन आउने विरामीको मृत्यु भएपनि नेपालगञ्जका कोहीको मृत्यु भएको थिएन ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, साउन २१ गते पीसीआर गरिएका उनलाई भोलीपल्ट भेरीमा भर्ना गरिएको थियो । उनको मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट ३ सय २३ जना जिल्लावासीको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा ३ सय ८६ जनाको मृत्यु भइसकेको छ ।
केही दिनयता जिल्लामा कोरोना संक्रमित बढेको छ । बाँकेका ल्याबमा संक्रमितको संख्या बढेपनि धेरैजसो बाहिरी जिल्लाका छन् ।


error: यो सुविधा उपलब्ध छैन !