जुडोकी कान्छी ओलम्पियन सोनियाको अर्को ओलम्पिक हुटहुटी

नेपालगञ्ज – जुलाई १६ अर्थात साउन १ गते, विहान ५.४२ बजे । १९ वर्षीया सोनिया भट्ट सधैंजसो टे«निङ गरेर फर्किएकी थिइन् । त्यहीबेलामा ओलम्पिक कमिटिमा रहेका सुजन श्रेष्ठको म्यासेज आयो, ‘सोनिया तिमी ओलम्पिक खेल्न जाने भयौ ।’
बाँके खजुरा निवासी सोनियामा खुशीको सीमा नै रहेन । यो खुशीको कुरा कसलाई भनौ, कसलाई भनौ भयो । उनले देवु गुरुलाई फोन गरेर खुशी साटिन् । दोस्रो कल घरमा आमालाई गरिन् । आफू जापानको टोकियोमा हुन थालेको ओलम्पिक खेल्न जान पाउने भएको बताइन् ।
सोनियाले ओलम्पिक खेल्न जान पाउँछु भन्ने सोचेकी पनि थिइनन् । वाइल्ड कार्डमार्फत खेल्न जान पाउने भएपछि उनी खुशीले गद्गद् भइन् । सोनिया भन्छिन्, ‘ओलम्पिक जान पाउने जानकारी पाएपछि शुरुमा मलाई कसलाई भनौ, कसलाई भनौ भयो । पछि थाहा पाएपछि त अरुले मलाई फोन गरेर बधाई दिन थाले ।’
खेलाडीका लागि ओलम्पिक यात्रा साह्रै महत्वपूर्ण हुने गर्दछ । सोनिया जुडोबाट ओलम्पिक खेल्ने कान्छी खेलाडी हुन् । अहिलेसम्म जुडोबाट पाँच जनाले ओलम्पिक खेलेका छन् ।

साउन ९ गते, विहान ८ बजे । म्याटमा सोनियाको ठूलो परीक्षा थियो । उनी मानसिक रुपमा तयारीका साथ उत्रिइन् । उनको प्रतिस्पर्धी रसियाकी इरिना डोल्गोभा थिइन् । जो युरोपियन च्याम्पियनसमेत थिइन् । सोनिया भन्छिन्, ‘म्याटमा उत्रिदा म प्रतिस्पर्धीसँग डराएको थिइन ।’
प्रतिस्पर्धा शुरु भयो । नेओजामा जानु सोनियाको गल्ती भयो । इरिनाको नेओजा राम्रो थियो । सोनिया पराजित भइन् । सोनिया भन्छिन्, ‘नेओजामा नगएको भए म अझ धेरैबेर प्रतिस्पर्धा गर्न सक्थे । नेओजामा जानु नै मेरो गल्ती भयो ।’
ओलम्पिक भिलेज छोड्दै गर्दा सोनियाले अठोट गरिन् ‘अब देशमा गएर अर्को ओलम्पिकको तयारीमा लाग्छु । अब वाइल्डकार्डमार्फत होइन, प्रतिस्पर्धा गरेर छनौट हुन्छु ।’
नेपालमा प्रतियोगिता आउनु भन्दा एक÷दुई महिनाअघि मात्रै बन्द प्रशिक्षणमा राख्ने गरिन्छ । मानौ, यो कानूनतः नियम नै हो जसरी । सोनियालाई लागेको छ, ‘प्रतियोगिता भन्दा केही महिनाअघि मात्रै बन्द प्रशिक्षणमा राख्ने होइन, राष्ट्रिय खेलाडीलाई सधैं बन्द प्रशिक्षणमा राखेर अभ्यास गराउनु पर्छ । अनि मात्रै हामीले ओलम्पिकजस्तो प्रतियोगितामा राम्रो प्रतिस्पर्धामा गर्न सक्छौं ।’
सोनियाको अन्तर्राष्ट्रिय प्रतियोगितामा केही सहभागिता रामैै्र रहेको छ । सन् २०१८ मा बंगलादेशमा भएको विकेएसपी च्याम्पियनसीपमा सोनियाले दोस्रो स्थान हासिल गरेकी थिइन् । यही साल उनले अर्जेन्टिनामा युथ ओलम्पिक खेलिन् । हङकङमा एसियसन च्याम्पियनसीप खेलिन् । २०१९ मा मोरक्को र लेबनानमा प्रतिस्पर्धा गरिन् । यी प्रतियोगितामा उनले एक खेल जितेकी थिइन् ।
सोनियाको राष्ट्रिय रेकर्ड अझ राम्रो रहेको छ । उनी सातौं र आठौं राष्ट्रिय प्रतियोगिताको गोल्ड मेडलिष्ट हुन् । उनको नाममा साफको ब्राउन्ज मेडल पनि छ ।
बाँकेबाट ओलम्पिक खेल्ने सोनिया चौथो खेलाडी हुन् । यसअघि भारोत्तोलनका सुरेन्द्र हमाल, सुटिङमा पार्वती थापा र अनिता श्रेष्ठले ओलम्पिक खेलिसकेका छन् । सोनियाले १९ वर्षमै ओलम्पिक यात्रा गरिन् । ओलम्पिकमा सहभागी हुनका लागि भाग्यले पनि साथ दिनु पर्छ ।


सानो उमेरमै ठूलो प्रतियोगिताको अनुभव संगाल्न पाएकी छन्, सोनियाले । आगामी दिनमा उनले अझ कडा मेहनत गर्नुपर्छ । सोनियाले दश वर्षको उमेरदेखि नै जुडो खेल्न शुरु गरेकी थिइन् । घर नजिकैको ज्ञानोदय स्कूलमा आएर उनले जुडो खेल्थिन् । सोनियालाई यहाँसम्म पु¥याउनमा जुडोका प्रशिक्षक विजय गुरुङ र दलबहादुर गुरुङको ठूलो हात रहेको छ । उनीहरुले दश वर्षको बच्चीलाई डो¥याएर ज्ञानोदय हुँदै टोकियो ओलम्पिक पु¥याएका छन् ।
शुरुवातमा सोनिया जुडो खेल्न जादा आमाको पूर्णसमर्थन थिएन । सोनिया जिद्दी गरेर खेल्न जान्थिन् । सानै उमेरमा छोरीले ओलम्पिक यात्रा गरेपछि अहिले आमासँगै घरपरिवार, आफन्ती, छरछिमेकी, जिल्लावासी नै खुशी छन् । ओलम्पिक खेलेर घर फर्किदा सोनियालाई नेपालगञ्ज विमानस्थलमा गरिएको भब्य स्वागतले त्यसको पुष्टि गर्दथ्यो । सोनियालाई स्वागत गर्न खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपति नै विमानस्थल पुगेका थिए । लुम्बिनी प्रदेशका खेलकुद सदस्य सचिव भीम वली, जिल्लाको खेलकुदको विकास गर्न लागि परेका र नेपालगञ्जमा हुने प्रधानमन्त्री कप भलिबल प्रतियोगिता र म्याराथन प्रतियोगिताका सञ्चालक टीएस ठकुरीलगायत खेलसम्बद्धले सोनियालाई विमानस्थल र नेपालगञ्जमा कार्यक्रम गरेर स्वागत गरेका थिए ।
गाउँपालिकाका अध्यक्ष कक्षपति नै विमानस्थलमा पुगेर स्वागत गर्दा सोनियालाई अझ बढी जिम्मेवारी थपिएको महसुस भएको छ । सोनिया भन्छिन्, ‘सबैले मलाई ठूलो सम्मान गर्नु भयो । यो सम्मानले मलाई अब आउने ओलम्पिकमा छनौट भएर जानु पर्छ भन्ने हौसला मिलेको छ ।’


error: यो सुविधा उपलब्ध छैन !