४८ जनामा कोरोना पुष्टि, स्वास्थ्य मापदण्डको पालना गर्न प्रशासनको आग्रह

नेपालगञ्ज – बाँकेमा शुक्रबार ४८ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएकामध्ये १३ जना बाँके निवासी रहेका छन् । बाँकेको कोहलपुरका आठ जना, नेपालगञ्जको तीन जना, बैजनाथ र नरैनापुरका एक-एक जना रहेका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, जिल्लाका तीन वटा ल्याबमा २ सय ७ जनाको परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको हो । भेरी अस्पतालमा एक सय नौ जनाको परीक्षण गर्दा ३२ जना, कोहलपुर मेडिकल कलेजमा ४९ जनामा १० जना र बागेश्वरी ल्याबमा ४९ जनाको परीक्षण गर्दा ६ जनालाई कोरोना पुष्टि भएको छ ।
जिल्लामा सक्रिय संक्रमितको बढ्दै गएको छ । शुक्रबार एक सय २८ जना रहेका छन् । अस्पतालमा १६ जना सिकिस्त, १७ जना मध्यम खालका विरामी छन् ।
यसैबीच जिल्ला प्रशासन कार्यालय, बाँकेले स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !