बर्दियाका दुई जनाको भेरीमा मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा बर्दियाका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले दिएको जानकारी अनुसार, बर्दिया गुलरिया नगरपालिका वडा नं. ९ का ५० वर्षीय पुरुष र बारबर्दिया नगरपालिका वडा नं. २ का ५२ वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको हो ।
साउन ९ गते बर्दियामा पीसीआर गरिएका गुलरियाका ५० वर्षीय पुरुषलाई ११ गते भेरीमा भर्ना गरिएको थियो । साउन २२ गते राती १०.३० बजे उनको मृत्यु भएको छ ।
साउन २० गते पीसीआर गरेर त्यही दिन भर्ना गरिएका बारबर्दियाका ५२ वर्षीय पुरुषको आज विहान सात बजे मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ३ सय ८३ पुगेको छ ।
भेरी अस्पतालमा केही दिनयता बाहिरी जिल्लाबाट उपचार गराउन आएका व्यक्तिको मृत्यु भइरहेको छ । यहाँका तीन वटा ल्याबमा पीसीआर गर्ने व्यक्तिको संख्या पनि बढेको छ ।


error: यो सुविधा उपलब्ध छैन !