बाँके काँग्रेसको जम्बो टोली काठमाडौंमा
काठमाडौं – नेपाली काँग्रेस, बाँकेका नेताहरुले संघीय सरकारका मन्त्रीहरुलाई राजधानी काठमाडौंमा भेटेर जिल्लाको विकास निर्माण सँगै कोभिड-१९को महामारीबाट जिल्लामा हुनसक्ने स्वास्थ्य समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाली काँग्रेस, बाँकेका सभापति किरण कोइरालाले सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर जिल्लाको समस्याका बारेमा जानकारी गराउनु भएको छ ।
त्यसैगरी महासमिति सदस्य नेता निरन्जन सिंह सिजापतिको नेतृत्वमा पुगेको बाँके काँग्रेसका अगुवाहरुको टोलीले स्वास्थ्य मन्त्रालयमा पुगेर कोरोना महामारी नियन्त्रणमा बाँकेलाई विशेष महत्वकासाथ प्याकेजमा बजेट उपलब्ध गराउन स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठको ध्यानाकर्षण गराएको छ ।
यसैबीच नेपाल तरुणदल बाँकेका अध्यक्ष विरेन्द्रबहादुर शाह नेतृत्वमा गृहमन्त्री बालकृष्ण खाँणलाई भेट गरेर जिल्लाको शान्ति सुरक्षा र जिल्लाको स्वास्थ्य संरचनामा भएका समस्याहरुको विषयमा अवगत गराएका छन् ।
काँग्रेस बाँकेका उपसभापति फुलाराम थारु, महाधिवेशन प्रतिनिधि लक्ष्मीनारायण शाह, क्षेत्र नं।१ का सभापति माधवराम खत्री, जिल्ला सदस्य सुधान्सु कोइराला, चुडामनि कँडेल, पत्रकार पोषण केसी र बसन्त शर्मा लगायतले काँग्रेस नेतृत्वको सरकार बने लगत्तै जिल्लाको विकास निर्माण र कोरोनाबाट बाँकेवासीलाई सुरक्षित राख्न मन्त्रीहरुलाई ध्यानाकर्षण गराएका छन् ।
केही दिन यता काँग्रेस बाँकेका अगुवाहरुले सबै जिल्लावासीलाई भ्याक्सिनको सहज उपलब्धता होस भनेर स्वास्थ्य मन्त्रालयमा विषेश ध्यानाकर्षण गराएको भेटघाटमा सहभागीहरुबाट बुझिएको छ ।
त्यसैगरी काँग्रेसको सक्रिय सदस्यताको विवादको विषयलाई लिएर पनि काँग्रेस बाँकेका केही नेताहरु राजधानी पुगेका छन् ।
काठमाडौंमा रहेका सचिव तप्त पौडेल सक्रिय सदस्यता विवादको विषय अब छिट्टै टुङ्गिने आशा राखेको बताउनुभयो ।