दश जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा दश जनामा कोरोना पुष्टि भएको छ । कोरोना देखिएकामध्ये आठ जना बाँके जिल्ला निवासी छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, तीन वटा ल्याबमा ९३ जनाको परीक्षण गर्दा दश जनामा कोरोना पुष्टि भएको हो ।
भेरी अस्पतालमा २९ जनाको परीक्षण गर्दा सात जना, कोहलपुर मेडिकल कलेजमा ३३ जनाको परीक्षण गर्दा २ जना र बागेश्वरी ल्याबमा ३१ जनाको परीक्षण गर्दा एक जनामा कोरोना देखिएको छ ।
जिल्लामा ६७ जना सक्रिय संक्रमित छन् । जिल्लामा १४ जना सिकिस्त, २० जना मध्यम र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आइतबार ६ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !