भारतीय गाडी : ट्यांकी खाली गरेर आउँछन्, भरेर जान्छन्
नेपालगञ्ज – नेपालगञ्जमा सामान पु¥याउन आउने भारतीय गाडीले फर्किदा तेलको ट्यांकी भरेर जाने गरेको पाइएको छ । नेपालमा सामान पु¥याउन आएपछि फर्किदा तेल हालेर जानुलाई सामान्य मानिएपनि भारतीय गाडी चालकले योजनावद्ध तरिकाले नेपालगञ्जसम्म मात्रै पुग्ने तेल हालेर आउने गरेको पाइएको हो ।
भारतमा भन्दा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएकाले भारतीय गाडी चालकले यस्तो जुक्ति निकाल्ने गरेका छन् । भारतबाट नेपालगञ्ज आउदा यहाँसम्म मात्रै पुग्ने तेल हालेर आउने गाडीले फर्किदा ट्यांकी भरेर जाने गरेका हुन् ।
नेपालगञ्ज बजारसम्म आएका गाडीले बजारकै पेट्रोलपम्पबाट तेल हाल्ने गर्दछन् । भन्सारसम्म मात्रै आउने गाडीले ‘क्यारियर’मार्फत तेल मगाएर पाइपबाट हाल्ने गरेको पाइएको छ । धेरैजसो भारतीय मालवाहक गाडी भन्सार आएर सामान पु¥याएर फर्किने गर्दछन् । त्यस्ता गाडीले नेपालगञ्ज बजारसम्म आउन नपाएपनि जर्किनमा तेल मगाएर पाइपबाट हाल्ने गरेका छन् ।
भारतमा डिजेल प्रतिलिटर ९०.९४ रुपैया भारतीय पर्ने गर्दछ । जुन नेपाली एक सय ४५ रुपैया हुन आउँछ । नेपालमा एक सय दश रुपैयामा एक लिटर पाइन्छ ।
बाँकेबाट भारततिर पेट्रोल र डिजेल तस्करी हुने गरेको पाइन्छ । प्रहरीले बेलाबेलामा बरामद गरेको घटनाले त्यस्को पुष्टि गर्ने गर्दछ ।