१३ जनामा देखियो कोरोना

नेपालगञ्ज – बाँकेमा मंगलबार १३ जनामा कोरोना देखिएको छ ।
यहाँका ल्याबहरुमा एक सय ६४ जनाको जाँच गर्दा १३ जनामा कोरोना देखिएको हो । कोरोना देखिएकामध्ये चार जना बाँके जिल्ला निवासी रहेका छन् ।
भेरी अस्पतालमा ७२ जनाको जाँच गर्दा चार जना, कोहलपुर मेडिकल कलेजमा ६८ मा सात र बागेश्वरी ल्याबमा २४ जनाको परीक्षण गर्दा दुई जनामा कोरोना देखिएको छ ।
जिल्लामा सक्रिय संक्रमित ४४ जना रहेका छन् । अस्पतालमा १० जना सिकिस्त, १२ मध्यम र चार जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । मंगलबार तीन जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !